अबरुद्ध पृथ्वीराजमार्गको दमौली–खैरेनीटार खण्ड सूचारु

दमौली खबर संवाददाता

तनहुँ, असोज २२  गते

पृथ्वीराजमार्गको दमौली–खैरेनीटार खण्डको अवरोध हटेको छ । पहिरो पन्छाएपछि सडक खुलेको हो ।

आईतबार विहान ४ः४० बजे तनहुँको म्याग्दे गाउँपालिका – ६ तुरतुरे मौरीबजार स्थित पृथ्वी राजमार्गमा माथिबाट सुख्खा पहिरो खस्न जाँदा अबरुद्ध भएको थियो ।

बिपद् व्यबस्थापन प्रहरी जनशक्ती टोली, स्थानीय पालिका र चाईनिज कम्पनीसँगको आवश्यक सहकार्यमा जेसिबी (डोजर) को माध्यमबाट उक्त पहिरो हटाएर आईतबार विहान १०ः३० बजे सडक सूचारु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजिव विष्टले बताउनुभयो

Show More

Related Articles

Check Also
Close
Back to top button