व्यास नगरपालिकाद्धारा राजमार्गको सडकको दायाँ र बायाँ सरसफाई

दमौली खबर संवाददाता

दमौली, चैत २

फोहोर थुप्रिएर नालाको पानी निकास नहुँदा कुरुप बनेको तनहुँको सदरमुकाम दमौलीको मूख्यचोक सफा गर्न थालिएको छ ।

पृथ्वीराजमार्ग अन्र्तगत दमौली खण्डमा पर्ने सडकको दायाँबायाँ रहेका फोहोर बुधबार देखि सरसफाई गर्न थालिएको हो । व्यास नगरपालिका कार्यालयको वन वातावरण तथा सरसफाई शाखाको सक्रियतामा सरसफाई कार्य थालिए पछि त्यस क्षेत्रका बासिन्दा खुसी हुन थालेका छन् ।

भाग्यशाली ढुङ्गनाले सरसफाई शाखा प्रमुखको जिम्मा पाएसंगै सरसफाई कार्यलाई तीब्रता भएको छ । एक महिना भित्र नै आमूल परिवर्तन गर्ने गरी सरसफाईलाई तिब्रता दिईएको ढुङ्गानाले बताउनुभयो । राजमार्गको दायाँ बायाँ फ्याँकिएका फोहोर व्यवस्थापन गर्दै नालामा पानी जम्न नदिई पानी कटाउने तयारी गरिएको छ । हाल स्वास्थ्य शाखामा २५ जना कर्मचारी रहेका छन् । त्यसैगरी फोहोर संकलन गर्ने तीन टिप्पर,दुई टयाक्टर र एक जेसिबी रहेको छ ।

व्यास नगरपालिकाको वडा नं १,२,३,४,५ बाट दैनिक करिब २० टन फोहोर संकलन हुने गरेको छ । दीर्घकालिन रुपमा फोहोर व्यवस्थापन गर्नका लागि व्यास नगरपालिकाले जग्गाको खोजी गरिहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button