संगम क्लबको आम्दानी र खर्चको छानबिन गरियोस्

तनहुँको सदरमुकाम दमौलीमा सँगसँगै दुई भवनमा आबद्ध हुनेले एकले राम्रो चर्चा कमाएको छ भने अर्कोले नराम्रो चर्चा । गाउँसेवा कोष र संगम क्बल सँगसँगै रहेपनि कोषको चर्चा देशैभरी छ । कोषको भन्दा धेरै घर भाडा क्लबको आउने भएपनि केमा खर्च गरेको छ, कसरी खर्च गरेको छ कसैलाई पत्तो नै हुँदैन । यति सम्मको अवस्था आएको छ कि लामो समय सम्म पनि आर्थिक पारदर्शी ढंगबाट अगाडी नबढेको र पारिवारिक सदस्यबाट चलाईएको भन्दै निश्पक्ष छानविनका लागि प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल समक्ष सोमवार ज्ञापनपत्र समेत बुझाइएको छ । प्रमुख जिल्ला अधिकारीलाई बुझाईएको पत्रमा विभिन्न सामाजिक कार्यमा अग्रेणी भुमिका खेल्दै आएको संगम क्लव पछिल्लो समयमा निकै ठुलो आर्थिक विवादमा फसेको र अपारदर्शी ढंगबाट पैसाको अपचलन गरेको र सामाजिक कार्यमा नलागी व्यक्तिगत स्वार्थमा हिडेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

वर्तमान अबैधानिक अध्यक्ष नरेन्द्रराज वाग्लेले आफु र आफ्नो एकाघरका सदस्यहरुलाई कार्यसमितिमा विधान विपरित राखी संगम क्लवको भवनबाट उठेको रकम मनोमानी ढंगबाट खर्च गरेको आरोप लागेको छ । यसअघि गत असार १७ गते तनहुँका सहाक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रे समक्ष डेलिगेसन गई तीनवटा निणर्य गरिएको भएतापनि उक्त निर्णयहरु कार्यान्वयन नभएको बताइएको छ । गाउँसेवा कोषले वार्षिक झण्डै ५ लाख रुपियाँको जेहेन्दार विद्यार्थीलाई छात्रवृद्धि प्रदान गर्दै आएको छ । त्यसको आडमा रहेको संगम क्लले पनि कोषको जस्तै नमुना काम गर्न सक्नुपर्छ । क्लले रकम हिनामिना गरेको हो भने त्यसको दोषीलाई कारबाही गरिनु पर्दछ । प्रशासनले पनि छानबिन कार्य तुरुन्त गर्नुपर्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button