घिरिङ गाउँ पालिकामा प्रथम घिरिङ पर्वतीय दौड प्रतियोगिता हुने

दमौली खबर संवाददाता

दमौली-१२ फागुन

तनहुँको घिरिङ गाउँपालिकामा प्रथम घिरिङ पर्वतीय दौड प्रतियोगिा हुने भएको छ । घिरिङ गाउँपालिकाको समन्वयमा घिरिङ बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा यही फागुन १३ गते प्रतियोगिता हुने भएको हो ।

स्वास्थ्यका लागि दौड राष्ट्रको लागि दौड भन्ने नाराका साथ तनहुँ जिल्लामै पहिलो पर्वतीय दौड प्रतियोगिताको आयोजना गरिएको आयोजकले दाबी गरेको छ । १५ किलोमिटरको उक्त खुल्ला दौडमा प्रथम, द्वितीय र तृतीय हुने धावकलाई क्रमशः ४० हजार, २० हजार, १० हजार नगदका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने घिरिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष मनबहादुर रानाले जानकारी दिनुभयो ।

सोही दौड प्रतियोगितामा सान्त्वना हुने ७ जना व्यक्तिलाई नगद रु. ३ हजारका साथमा मेडल र प्रमाणपत्र उपलब्ध गराइने आयोजकले जनाएको छ । आयोजकका अनुसार घिरिङ गाउँपालिका वडा नं. ३ को रानीपोखरीदेखि हटिया, डाँडाथोक, गाउँपालिका भवन, किला, साउनेपानी हुँदै पुनः रानीपोखरीमै आएर दौड टुंगिने छ । घिरिङ गाउँपालिकालाई विश्वव्यापी चिनाउने र दौडको माध्यमबाट युवाहरुलाई खेलकुदतर्फ आकर्षित गर्न सो प्रतियोगिता गरिएको हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button